काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको छ।
बुधबार बिहान बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, बुधबार दिउँसो भने देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी तथा तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा घगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, बुधबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी हिमाली भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे । पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्