काठमाडाैं ।
काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच सोमबार साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ। भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे छलफल गरिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कुनै दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्न निर्देशन दिँदै ऋण दुरुपयोग र सम्पत्ति शुद्धीकरणविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्। साथै, आर्थिक विकासलाई गति दिन स्पष्ट नीतिगत सुझाव दिनुपर्नेमा जोड दिएका छन्।
गभर्नर पौडेलले भने ठूला पूर्वाधार आयोजनामार्फत आर्थिक समस्या समाधान गर्न सकिने बताउँदै काठमाडौं–वीरगञ्ज रेलमार्ग र काठमाडौं–पोखरा फास्टट्र्याकजस्ता परियोजनामा लगानी बढाउन सकिने उल्लेख गरेका छन्। उनले आगामी केही वर्षमै उल्लेखनीय आर्थिक परिणाम हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।








प्रतिक्रिया दिनुहोस्