Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको चेन्नई किङ्समाथि शानदार जित

चेन्नई सुपर किङ्स भने ८ विकेटले पराजित

0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।

भारतमा सोमबार राति भएको खेलमा राजस्थानले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १२ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । वैभव सूर्यवंशीले ५२ र यशस्वी जयसवालले अविजित ३८ रन बनाएका थिए।

चेन्नईका अंशुल कम्बोजले २ विकेट लिएका हुन् । त्यसअघि गुवाहाटीमा टस हारेर ब्याटिङ गरेको चेन्नई १९ ओभर ४ बलमा १ सय२७ रनमा अलआट भयो । चेन्नईका जेमी ओभरटनले सबै भन्दा बढी ४३ रन बनाएका छन् ।

राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २ विकेट लिएका थिए । गत शनिबारदेखि शुरू भएको १९औँ संस्करणको प्रतियोगितामा १० वटा टोली सहभागी रहेका छन् ।