Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सांसद शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


0
Shares

काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।

उनलाई सोमबार प्रहरीले काठमाडौँको धुमबाराहीबाट पक्राउ गरेको थियो ।