काठमाडाैं।
सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कााे टाेलीले अर्याललाई पक्राउ परेको पुष्टि गर्दै सेयर बाँडफाँटको विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे जनाएकाे छ ।
सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्टयाएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको कागजात पेस गर्दा गलत दिएको आरोप थियाे ।
फरक फरक निकायमा फरक फरक तरिकाले विवरण पेस गरेको देखिन आएको हुँदा धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा समेत गम्भीर त्रुटि देखिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्