काठमाडाैं ।
काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमार्फत तत्काल रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अदालतले सरकारका नाममा कारण देखाऊ आदेश मात्र जारी गरेको हो।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो। ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी राधिकाले रिट दायर गरेकी थिइन्।
अदालतले तत्काल रिहाइ नदिएपछि ओलीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान जारी राख्न पाउने भएको छ। यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको रिटमा पनि सर्वोच्चले यस्तै आदेश दिएको थियो।








प्रतिक्रिया दिनुहोस्