Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो


0
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला पाँच हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियो । चाँदी सोमबार प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार चार सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।