Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै


533
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुँदैछ ।

गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइका लागि पेशी तोकिएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र पूर्वप्रधानमन्त्री ओलीकातर्फबाट धर्मपत्नी राधिका शाक्यले निवेदन दर्ता गराएका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई गत शनिबार पक्राउ गरेको थियो ।