Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सरकारले राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन गर्यो भंग


1.1k
Shares

काठमाडौं । सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ ।

युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै सरकारको निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन आइतबारदेखि भङ्ग गरिएको जानकारी गराउनुभएको हो । शासकीय सुधारको १२ नम्बर बुँदामा ‘सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने’ भनिएको छ ।

सोही उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानून बमोजिम कडाइका साथ विभागीय कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

साथै, सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने र यसका लागि आवश्यक कानूनी व्यवस्था विशेषतः संघीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने सरकारको योजना रहेको हो ।