काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ।
सोमबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी-हिमली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
त्यस्तै, सोमबार दिउँसो भने देशका पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराईमा भने आंशिक बादल लाग्ने छ। कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।
त्यस्तै, सोमबार राति भने देशका पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो। साथै शतर्क रहन समेत महाशाखाले सबैमा अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस्