काठमाडौं ।
काठमाडौंमा पूर्व ऊर्जामन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ। आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरी अनुसन्धान अनुमति माग्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो।
सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार खड्कामाथि अनुसन्धान गर्न अदालतसँग अनुमति मागिएको छ। यसअघि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो।
भदौ २४ गतेको आन्दोलनका क्रममा खड्काको घरमा आगजनी हुँदा नगद रकम फ्याँकिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सोही घटनासँग सम्बन्धित विषयमा अहिले सिआइबीले अनुसन्धान अघि बढाएको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्