Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ


6.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ परेका छन्।

खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार बिहान काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते खड्काको निवासमा आगजनी हुँदा नेपाली रुपैंयासहित कैयौँ विदेशी मुद्रा फेला परेको बताईएको थियो । साेही क्रममा पैसा उडेको भन्दै एक भिडियो समेत भाइरल भएको थियो । सोही विषयमा छानबिन गर्न खड्कालाई नियन्त्रणमा लिईएको बुझिएको छ ।

खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ । सीआईबीका प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको पुष्टि गर्नुभयो । खड्कामाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान हुने बुझिएको छ ।