
काठमाडौं, असोज १० । नेपाल परिवार नियोजन संघले नेपालमा ५३ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जनाएको छ ।
संघको ६०औं वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा परिवार नियोजनका साधनको प्रयोगकर्ता बढे पनि निरन्तरता भने हुन नसकेको जानकारी दिइयो ।
नेपालमा अझैपनि ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको सरकारी तथ्यांक रहेको छ ।
एक दिनमा ५२० जनाले असुरक्षित गर्भपतन गराउने गरेका छन् भने प्रतिमहिना १५ हजार ५१२ जनाले गर्भपत गराउने गरेको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा प्रतिवर्ष एक लाख ८६ हजार १४४ जना किशोरीले असुरक्षित गर्भपतन गराउन गरेको महाशाखाले जनाएको छ ।
४२ प्रतिशत महिलालेमात्र सुरक्षित गर्भपतन गराउने गरेका छन् भने प्रतिघन्टा २१ जनाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्यांक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्