काठमाडाैं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताउनुएको छ ।
पार्टी कार्यलय च्यासलमा शनिवार पत्रकारहरुसँग कुरा गर्दै उहाँले गैरसंवैधानिक र गैरकानूनी रुपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताउनुभएको हो । उहाँले एमालेले कानूनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोध कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उहाँले सरकारलाई जनमतको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समाधान नदिई झन् द्वन्द्व बढाउने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘यो गैरसंवैधानिक र गैरकानूनी रहेको छ । गैरसंवैधानिक र गैरकानूनी भएकोले यसलाई हामी संसदमा पनिउठाउँछौँ । सडकबाट पनि हामी यसको प्रतिरोध गर्नेछौँ । कानूनी हिसावले हाम्रा कानून व्यवसायीहरुसग समन्वय गरेर न्यायलयमा पनि जान्छौँ । कानूनी र सडक दुबै मोर्चाबाट हामी विरोधमा उत्रिन्छौँ । हाम्रो विरोध संयमित हुन्छ । एमाले जिम्मेवार पार्टी हो, हाम्रा सबै विरोधका कार्यक्रमहरु संयमित हुन्छन्, उछृङ्खल हुँदैनन् । कानुनी र संवैधानिक घेरा भन्दा बाहिर हामी जाँदैनौ । कानूनप्रति, संविधान, न्यायलयप्रति हामीलाई विश्वास छ । हामी यो सरकारलाई पनि जुन जनमत प्राप्त गरेको छ, त्यो जनमतको दुरुपयोग नर्गन आग्रह गर्छु । प्रतिशोध र आवेगले निष्कर्ष निस्किँदैन, त्यसले आगो बाल्छ ।’
उहाँले जेन–जी आन्दोनलको घटना छावविन गर्न गठित कार्की आयोगको प्रतिवेदन त्रुटीपूर्ण रहेको बताउनु भयो । उहाँले भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष र न्यायिक छानबिन गर्नको लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो । न्यायिक समितिबाट आउने निष्कर्ष स्वीकार्य हुने उहाँको भनाई छ । कार्की आयोगको प्रतिशोधपूर्ण प्रतिवेदनलाई एमालेले मात्रै नभई पूरा देशले नै अस्वीकार गरेको उहाँको भनाई छ ।








प्रतिक्रिया दिनुहोस्