Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओलीको रिहाइको माग गर्दै बाजुरामा एमाले जनबर्गिय संगठद्वारा सडक आन्दोलन


741
Shares

‎बाजुरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान पक्राउ गरिएको विरोधमा एमाले बाजुराका जनसंगठनहरूले सडक आन्दोलन गरेका छन्।

पार्टीका विभिन्न भातृ संगठनहरूले सदरमुकामसहित जिल्लाका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले ओलीको तत्काल रिहाइको माग गर्दै नाराबाजी गरेका छन् ।

अनेरास्ववियुका सचिव लक्ष्मण रोकायाका अनुसार बालेन शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरेपछि बाजुरामा पनि त्यसको विरोधमा आन्दोलन चर्किएको बताए ।

आन्दोलनकारीहरूले पक्राउको कदम राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै तत्काल रिहाइ नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।