१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


एक महिना स्तन क्यान्सरबारे जनचेतना अभियान


0
Shares

काठमाडौं, असोज १० । नेपाल अर्बुद रोग निवारण संस्थाले आगामी अक्टोबर महिनाभरि स्तन क्यान्सरबारे जनचेतना अभियान सन्चालन गर्ने भएको छ ।

संस्थाले बुधबार राजधानीमा कार्यक्रममा गरी महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दै गएकाले अक्टोबर महिनाभरि चेतनामूलक कार्यक्रम सन्चालन गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले नेपालमा महिलामा हुने स्तन क्यान्सरको समस्यालाई रोकथाम गर्नु नै आजको मुख्य चुनौती भएको बताए ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापतिले समयमै रोग पहिचान हुन नसकेका कारण महिलामामा स्तन क्यान्सरको समस्या बढेको बताए ।

फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा स्तन क्यान्सर देखिएको र समयमै पहिचान हुनसकेमा पूर्णरुपमा निको हुने डा. प्रजापतिको भनाइ थियो ।

उक्त अभियान अवधिभर निःशुल्करुपमा स्तन क्यान्सरको परीक्षण पनि गरिने जनाइएको छ ।