Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते


819
Shares

काठमाडाैं ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ घिउखोलास्थित पूर्व पश्चिम लोकमार्गमा काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको यात्रु बाहक बसलाई सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा बसमा सवार १८ जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, जिल्ला अस्पताल परासी र चिसापानी अस्पताल बर्दघाटतर्फ पठाइएकोमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जनाको रुखले च्यापीएको अवस्थामा उद्धार गरितापनि उनको समेत मृत्यु भएको छ ।

लु २ ख २३५१ नम्बरको यात्रु बाहक बसलाई सोही दिशाबाट आउँदै गरेको ना. ७ ख ९३९८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । उक्त बसमा १७ जना र ट्रकमा चालक मात्र रहेको बताइएको छ ।

उक्त स्थानमा सुरक्षा बेश सेमरीबाट खटिएको सशस्त्र प्रहरी, नेपाली सेन र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा खटिएको थियो ।