Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओली पक्राउपछि गोकुल बास्कोटाको टिप्पणी– ‘पाकिस्तान–बंगलादेश मोडल नेपालमा चल्दैन’


2.4k
Shares

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारको शैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै नेपाली समाजले प्रतिशोधको राजनीति नस्वीकार्ने बताएका हुन् ।

सरकार गठन भएको छोटो समयमै देखिएको राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै बास्कोटाले पाकिस्तान र बंगलादेशको मोडल नेपालमा लागू नहुने दाबी गरेका छन् । उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति अन्ततः राम्रो नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन ।पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन । जसलाई जे सुकै लागोस् ।’