Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओली र लेखकको स्वास्थ्य परीक्षण हुँदै, आजै हिरासतमा राख्ने तयारी


3k
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको स्वास्थ्य परीक्षण प्रक्रिया प्रहरीले अघि बढाएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ परेका दुवैलाई हाल काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

प्रहरीका अनुसार स्वास्थ्य परीक्षण नियमित प्रक्रिया अन्तर्गत गरिँदैछ । परीक्षणपछि अवस्था सामान्य देखिएमा दुवै जनालाई आजै हिरासतमा राख्ने तयारी गरिएको छ ।

शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि अदालत उपस्थित गराउन नसकिने हुँदा उनीहरू आज हिरासतमा रहने सम्भावना रहेको छ । जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।