काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिवार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर लगिएको हो ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धानका लागि ओलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ लगत्तै ओलीले यसलाई प्रतिशोधपूर्ण कदम भएको बताएका छन् । उनले कानुनी रूपमा लड्ने भन्दै वकिलहरूसँग परामर्श गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्