काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँले शुक्रबारै अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो । पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आयोगको सिफारिशअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज र संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको जानकारी दिनुभएकाे छ ।
अर्थमन्त्री वाग्लेले २०८२ चैत चैत ११ गतेसम्मको ‘आर्थिक स्थितिपत्र’ पाँच दिनभित्र तयार पार्ने र सरकारको चुनावी वाचापत्रलाई कार्यान्वयनमा लैजान १ सय दिन, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाइने बताउनुभयो । उहाँले वाचापत्रलाई आन्तरिकीकरण गर्दै प्रभावकारी कार्यान्वयनतर्फ सरकार अघि बढ्ने उल्लेख गर्नुभएकाे छ।








प्रतिक्रिया दिनुहोस्