Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


भारतीय प्रधानमन्त्री मोदीले दिए नेपालका नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई


572
Shares

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यलकाे शुभकामना दिनुभएकाे हाे। उहाँले नेपाल सरकारसँग नजिकबाट काम गर्ने चाहना समेत व्यक्त गर्नुभएकाे छ। शाहको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब उहाँकाे भनाइ थियाे।

प्रधानमन्त्री माेदीले दुई देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्‍याउन नजिकबाट सहकार्य गर्न हेरिरहेको समेत बताउनुभएकाे छ ।