काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ ।
उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत शाहलाई हार्दिक बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएकाे हाे । साथै उहाँले शुक्रबारै नवनियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि बधाई एवं सफलताको शुभकामना दिनुभएकाे छ ।
शाह शुक्रबार बिहान मात्रै प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकाे थियाे । उहाँले शुक्रबारै पद तथा गोपनीयताको शपथ ग्रहण पनि लिइसक्नुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्