Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपाली बजार आज पनि सुनचाँदीकाे मूल्य ह्वात्तै घट्याे


5.6k
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँ गरी दुई दिनमा सुनको मूल्य तोलामा सात हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ८१ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार चार सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।