Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सांसद श्रेष्ठ भन्छिन्–यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता र सामाजिक न्याय दिलाउन काम गर्छु


208
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भुमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समूदायको हक र अधिकारको लागि आवश्यक कानून निर्माण गर्न पहल गर्ने बताउनुभएको छ । 

बिहीवार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । यौनिक अल्पसंख्यक समुदायलाई वैवाहिक समानता, सामाजिक न्याय र राज्यका निकायमा अवसरको विषयमा आफू सक्रियता साथ काम गर्ने उहाँको भनाइ छ । उहाँले यौनिक अल्पसंख्यकसँगै समग्र जनताको हितमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो समुदायको अधिकारको रक्षा तथा नागरिकता, स्वास्थ्य, शिक्षा, वैवाहिक समानता र सामाजिक न्यायको कुराहरुको सन्दर्भमा ऐन तथा कानूनमा कसरी समावेश गर्न सकिन्छ भन्ने कुरा मेरो प्राथमिकतामा हुन्छ । र अब मेले मेरो आफ्नो समुदायको सँगै जनताको आवाज पनि बोल्नुपर्छ भन्ने बुझेको छु ।’
३९ वर्षीया श्रेष्ठ प्रतिनिधि सभामा पुग्ने पहिलो ट्रान्सजेण्डर महिला हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई आदिवासी जनजाति समूहबाट समानुपातिक सांसद बनाएको हो ।