Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साताको अन्तिम दिन शेयर बजार बढ्यो


130
Shares

काठमाडाैं ।
साताको अन्तिम कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ ।

यो साता बुधबार एक दिन दोहोरो अंकले घटेको बाहेक बजार साताभरि नै बढेको हो । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से १४ दशमलव २१ अंकले बढेर २९ सय ५० को विन्दुमा पुगेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज तीन वटा उपसमूह बाहेक अरु उपसमूहहरु बढेर बन्द भएका छन् । १७८ वटा कम्पनीको शेयर मूल्य बढेको बजारमा ८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

केही दिनअघि आइपीओ सूचिकृत भएका रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रो, सोलु हाइड्रो, भुजुङ हाइड्रो र होटल फरेष्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रम जारी रह्यो । पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक ७ दशमलव ४८ प्रतिशत गुमाएका छन् ।

दिनभरमा ३४३ वटा कम्पनीको तीन करोड चार लाख ३८ हजार कित्ता शेयर १३ अर्ब १६ करोड २२ लाख ९९ हजार बढीको शेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभेलपमेन्टको ९४ करोड २९ लाख ८० हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ ।