Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्रतिनिधिसभा सदस्य थेबेले पहिलो तलब आगेपा आधारभूत विद्यालयलाई दिने


247
Shares

काठमाडाैं । ताप्लेजुङबाट विजयी प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले औपचारिक रूपमा बिहीबार शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको रूपमा आफ्नो जिम्मेवारी प्रारम्भ गर्दै उनले जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आजको शपथ ग्रहणसँगै उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण चरण सुरु भएको बताएका छन् ।
प्रतिनिधिसभामा सदस्यको रूपमा प्रवेश गरेपछि उनले पहिलो तलब सामाजिक कार्यमा खर्च गर्ने घोषणा समेत गरेका छन् ।

थेबेले आफ्नो जीवनकै पहिलो तलब सिदिङवा गाउँपालिका–३ आङखोपस्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद तथा भवन निर्माणका लागि सहयोग गर्ने निर्णय गरेका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका थेबेले १३,९६२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले भने ११,७११ प्राप्त गरेका थिए ।