Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नवनिर्वाचित प्रतिनिधि सभा सांसदहरूले लिए शपथ


208
Shares

काठमाडाैं ।

गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् ।

बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो । ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।