Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


इरानको अस्वीकारका बाबजुद पनि वार्ता जारी रहेको राष्ट्रपति ट्रम्पको दावी


663
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दावी गर्नुभएको छ ।

यद्यपि इरानले भने दुई पक्षबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको हाे । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र उहाँका ज्वाइँ जेरेड कुशनर संलग्न रहेको बताउनुभयो । उहाँले इरान सम्झौता गर्न इच्छुक रहेको समेत जिकिर गर्नुभएकाे छ।

इरानसँग कुटनीतिक पहल गर्नुको कारण बारेमा सोधिएको प्रश्नमा उहाँले उनीहरू अमेरिकासँग संवाद गरिरहेकाे र उनीहरूका कुराहरू तर्कसंगत रहेको बताउनुभयो । इरानले वासिङ्टनलाई ठूलो धनराशि बराबरको अत्यन्तै महत्वपूर्ण उपहार दिएको समेत राष्ट्रपति ट्रम्पले दावी गर्नुभयो । तर उहाँले त्यो उपहार ठ्याक्कै के हो भन्ने बारेमा भने खुलाउनुभएकाे छैन।