Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


विदेशी मुद्राको विनिमयदर आजका लागि निर्धारण (सूचीसहित)


1k
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको हाे । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २ सय १ रुपैयाँ ३० पैसा र बिक्रीदर २ सय २ रुपैयाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १ सय ९० रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएकाे हाे ।