Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


युद्धविरामका लागि अमेरिकाले राखेको १५ बुँदे वार्ताको प्रस्ताव इरानद्वारा अस्वीकार

प्रस्ताव अस्वीकार गरेसँगै दुई देशबीच फेरी गहिरो अविश्वास उत्पन्न

4k
Shares

एजेन्सी । युद्धविरामका लागि अमेरिकाले राखेको १५ बुँदे वार्ताको प्रस्ताव इरानले अस्वीकार गरेको छ ।

अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि पठाएको प्रस्ताव इरानले अस्विकार गरेको हो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने शर्त राखेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले आफ्ना केही शर्त पूरा भएपछि युद्ध अन्त्य गर्ने पनि जनाएको छ । इरानले आफूमाथि भइरहेका आक्रमण- हत्या पूर्णत बन्द हुनुपर्ने, इस्लामिक गणतन्त्रमाथि फेरि आक्रमण नहुने सुनिश्चितता प्रदान गर्नका लागि ठोस संयन्त्र स्थापना हुनुपर्नेमा जाेड दिएकाे हाे । इरानले युद्धको क्षतिपूर्ति रकम पाउनुपर्ने, सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने, हर्मुज जलमार्गमा आफ्नाे देशले सार्वभौम अधिकार अभ्यास गर्न पाउनेगरी अन्तर्राष्ट्रिय मान्यता र सुनिश्चितता हुनुपर्नेसहिताका शर्त अघि सारेको छ ।

इरानले अमेरिकासँग भइरहेको भनिएको वार्तालाई अस्वीकार गरेसँगै दुई देशबीच गहिरो अविश्वास पैदा भएकाे देखिएको छ । वाशिङ्टनले वार्तामा प्रगति भइरहेको दाबी गरे पनि तेहरानले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको हो । यद्यपि भित्रभित्रै केही कूटनीतिक प्रयासहरू भइरहेकाे उल्लेख गरिएकाे छ। अमेरिका र इजरायलले सैन्य दबाबमार्फत इरानमाथि जित हासिल गर्ने अपेक्षा गरे पनि इरानले कडा रूपमा जवाफ दिइरहेको हाे । जसले गर्दा मध्यपूर्वमा क्षेत्रीय तनाव कायमै छ ।

इरानले छिमेकी देशहरूमा आक्रमण जारी राखेको छ । उता युक्त राष्ट्रसंघले सबै पक्षलाई युद्ध अन्त्य गर्न समेत आह्वान गरिसकेकाे छ।