काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको छ ।
निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १५/१५ रुपैयाँ मूल्य बढाएकाे हो । मूल्य बढेपछि अब पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ८६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ८७ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १ सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६७ रुपैयाँ प्रतिलिटर पुगेको हाे ।
निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज निर्धारण गरेको छ। निगमले दोस्रो वर्गमा भने सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडाैं, पोखरा र दिपायल निर्धारण गरेको हाे । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेका कारण स्थानीय बजारमा पनि बढाउनु परेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्