काठमाडौं । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ।
सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण अंश सार्वजनिक भएको हो। उक्त प्रतिवेदनमा घटनाका लागि जिम्मेवार ठहर गरिएका उच्च पदाधिकारीमाथि कानुनी कारबाही सिफारिस गरिएको छ।
प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ।
आयोगले घटनामा सुरक्षा व्यवस्थापन, निर्णय प्रक्रियामा कमजोरी तथा नियन्त्रणमा ढिलाइलाई मुख्य कारणका रूपमा औंल्याएको छ। सरकारले प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा यसको बाहिरिनुले राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस सुरु भएको छ।








प्रतिक्रिया दिनुहोस्