काठमाडाैं ।
प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको छ ।
बुधवार दिँउसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको हो । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद लोकतन्त्रको मूल आधार भएको बताउनुभयो ।
उहाँले संसदबाट आउने विभिन्न विचारहरुको संयोजन गरेर साँझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रुपमा भूमिका खेल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रको मूल आधार थलो रुपमा रहेको संसदमा भिन्न विचारहरु आउँछन् । त्यसलाई संयोजन गरेर सहमतिपूर्ण ढंगले निष्कर्ष निकाल्नुपर्ने हुन्छ ।
त्यसकारण म जति समय रहन्छु संसद सञ्चालन गर्न समय पाउँछु कि पाउँदिन त्यो त थाहा छैन । तद्अनुसार संसदको रक्षकको रुपमा र जनप्रतिनिधिहरुको विषेशाधिकारको रक्षा गर्नेगरी भुमिका खेल्छु ।’ यसअघि बुधवार नै उहाँले ज्येष्ठ सदस्यको रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्