Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ (तस्बिरसहित)

निर्वाचित २ सय ७४ जना सांसदले भने भाेलि शपथ लिने

416
Shares

काठमडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण लिनुभएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा बुधबार आयोजित एक समारोहकाबीच उहाँलाई शपथ ग्रहण गराउनुभएकाे हाे । खुवाउनुभएको हो । साेही समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु र सांसदहरु लगायत नेपालका सरकारका विशिष्ट तहका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित हुनुभएको थियो । उहाँ ७८ वर्षको हुनुहुन्छ ।

राष्ट्रपतिबाट शपथ लिनुभएका केसीले ज्येष्ठ सदस्यको हैसियतले बिहीबार प्रतिनिधिसभाका २ सय ७४ जना सदस्यहरुलाई शपथ ग्रहण गराउनुहुने भएकाे हाे । सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभामा ज्येष्ठ सदस्यकाे हैसियतले केसीले नै बैठकको अध्यक्षता गर्नुहुनेछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जनागरी जम्मा २ सय ७५ जना सांसदहरु निर्वाचित भएका हुन् ।