काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार एकै दिन प्रतितोला १४ हजार ६ सय रूपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको जनाइएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे हाे। मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार प्रतितोला चार हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला चार सय १५ रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार पाँच सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्