काठमाडाैं । जनकपुरधाम लगायतका सम्पूर्ण मिथिलाञ्चलमा बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ हर्सोल्लासका साथ सम्पन्न भएको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ-जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन बुधबार तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ चैती छठपर्व सम्पन्न भएको हो ।








प्रतिक्रिया दिनुहोस्