Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


साफ यू-२० च्याम्पियनसिपकाे पहिलाे चरणमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

दोस्रो चरणमा खेलमा भुटानले र माल्दिभ्सकाे सामना गर्ने

195
Shares

काठमाडाैं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा बुधबार अपराह्न सवा ४ बजेदेखि शुरू हुने भएकाे हाे । खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहेका छन् । समूह ‘ए’ मा रहेको नेपाल तालिकाको दोस्रो स्थानमा रहदै तीन अंक जोडेको छ । यसअघिको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरेको थियो ।

श्रीलंका भने सोही समूहको शीर्ष स्थानमा रहेकाे छ । एक खेलेको श्रीलंकाले पनि जित हासिल गर्दै समान तीन अंक जोडेको हाे । बुधबार नै हुने दोस्रो खेलमा समूह ‘ए’ कै भुटानले माल्दिभ्सकाे सामना गर्ने भएकाे छ।