Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


पीएम कप क्रिकेटमा आज दुई खेल जारी


13
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई खेलहरु भइरहेका छन्।

जनकपुरमा कर्णाली प्रदेश र कोशी प्रदेशबीचकाे प्रतिस्पर्धा हाल जारी रहेकाे हाे । त्यस्तै, पीएम कपकै अर्काे खेल पर्सामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशकाे सामना गरिरहेकाे छ। प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कूल १० टिमको सहभागिता रहेकाे हाे। सिंगल राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको हाे । त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक जितेका छन्। प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयाेजकले जनाएकाे हाे ।