Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


इन्धन खपत कम गर्न म्यानमारमा आजदेखि ‘वर्क-फ्रम-होम’ व्यवस्था शुरू


0
Shares

एजेन्सी । म्यानमारले मार्च २५ तारिखदेखि इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि घरबाटै काम गर्ने व्यवस्था शुरु गरेको छ ।

राज्यको स्वामित्वमा रहेको दैनिक ‘द मिरर’ मा प्रकाशित विज्ञप्ति यस्ताे उल्लेख गरिएकाे हाे। राष्ट्रिय रक्षा र सुरक्षा परिषद्को सूचना टोलीले यस उपायको प्राथमिक उद्देश्य इन्धन संरक्षण भएकाे जनाएकाे छ। तसर्थ अधिकारी र कर्मचारीहरूले यी तोकिएका घरबाटै काम गर्ने दिनहरूमा कुनैपनि गैर–अत्यावश्यक यात्रा वा सवारी साधनको प्रयोगबाट टाढा रहनुपर्छ । यसले निजी संस्थाहरू र व्यवसायहरूलाई पनि सम्भव भएसम्म समान व्यवस्था अपनाउन प्रोत्साहित गरेको छ ।

पश्चिम एशियामा जारी द्वन्द्वसँग सम्बन्धित सम्भावित इन्धन अभावको प्रतिक्रियामा र सरकारले यसअघि सवारी साधनको जोर–बिजोर प्रणाली र इन्धन रासन लागू गरेको थियो । साथै सरकारले निरन्तर आपूर्ति सुनिश्चित गर्न विभिन्न च्यानलहरूमार्फत इन्धन आयात सुरक्षित गर्न काम गरिरहेको छ ।