Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९ दशमलव ९३ प्रतिशतले मजबुत


39
Shares

एजेन्सी । अफगानिस्तानको केन्द्रीय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ (मार्च २०) मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४ मा स्थानीय मुद्रा ‘अफगानी’ अमेरिकी डलरको तुलनामा ९ दशमलव ९३ प्रतिशतले मजबुत भएको घोषणा गरेको छ ।

बैंकद्वारा कार्यान्वयन गरिएका विवेकपूर्ण, सन्तुलित र प्रभावकारी मौद्रिक नीतिहरूको परिणाम स्वरूप मुद्राको मूल्यमा यो वृद्धि भएको बैंकका प्रवक्ता हसिबुल्लाह नूरीले बताउनुभएको हो । साेही कदमहरू र वैदेशिक मुद्रा बजारमा गरिएको रणनीतिक हस्तक्षेपले राष्ट्रिय मुद्रालाई स्थिर र सुदृढ बनाउन मद्दत पुर्‍याएको छ ।

यसैबीच, मुद्राको अवमूल्यन रोक्न केन्द्रिय बैंकले वर्षभर मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर प्रवाह (इन्जेक्ट) गरेको थियो ।