Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


हेलिकाेप्टर दुर्घटनामा परी निधन भएका २ जना प्राविधिकको टर्कीमा अन्त्येष्टि


13
Shares

एजेन्सी । टर्कीको अन्कारामा हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाएका दुई प्राविधिकको अन्त्येष्टि गरिएको छ ।

गत शनिबार कतारको जलक्षेत्रमा एउटा सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा टर्कीका तीन कर्मचारीको मृत्यु भएको थियो । दुई देशबीचको सैन्य सहयोगको हिस्सा स्वरूप कतार–टर्की संयुक्त बल कमाण्ड अन्तर्गत सञ्चालित तालिम अभ्यासका क्रममा उक्त दुर्घटना भएको मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले कतारी सशस्त्र बलको हेलिकाेप्टर प्राविधिक खराबीका कारण दुर्घटना भएको देखाएको मन्त्रालयले थप जानकारी दिएको हाे । दुर्घटनामा टर्की सशस्त्र बलका एक सदस्य र टर्कीको सरकारी रक्षा कम्पनी ‘एसेल्सान’ का दुई प्राविधिकको मृत्यु भएको थियो ।