Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


नेपाली फुटबल टोलीकी कप्तान ‘साम्बा’ को घुँडाको शल्यक्रिया न्युजिल्याण्डमा सम्पन्न

शल्यक्रिया सम्पन्न भएपछि साम्बाले दिइन सबै सहयाेगीलाई धन्यवाद

39
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको शल्यक्रिया सम्पन्न भएको छ ।

साम्बाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उहाँको टोलीले सफलतापूर्वक आफ्नाे घुँडाको शल्यक्रिया गरेकाे भएको जानकारी गराएकी हुन् । साम्बाको न्युजिल्याण्डको अकल्याण्डस्थित अस्पतालमा शल्यक्रिया सम्पन्न भएको छ ।कतारमा घुँडाको शल्यक्रिया गर्नका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलन गरेकी उनले खाडी क्षेत्रमा हालको अवस्था सामान्य नहुँदा न्युजिल्याण्डमै उपचार गरिएको बताएकी हुन् ।

साम्बाले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद समेत दिएकी छन् । यस पीडाको घडीमा आफूलाई साथ दिने वेलिङ्गटन र अकल्यान्डमा रहेका नेपाली परिवारलाई जति धन्यवाद दिए पनि कम हुने समेत बताएकी छन् । अन्त्यमा अब सम्पूर्ण ध्यान पुनरागमनमा लगाउने समेत साम्बाले जानकारी गराएकी हुन् ।