Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सुदूरपश्चिमसहित ५ प्रदेशमा आज पनि भारी वर्षा हुँदै


26
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

बुधबार बिहान कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बुधबार दिउँसो भने कोशी, बागमती, गण्डकी र लु्म्बिनी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी-हिमाली भू-भागमा आँशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। कोशी- गण्डकी र बाँकी प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, बुधबार राति भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।