काठमाडाैं ।
प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण र बैठक सञ्चालनका लागि संघीय संसद सचिवालयले निर्माणाधिन संसद परिसरमा रहेको बहुउद्देश्यीय हल तयार पारिएको छ ।
संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहणको लागि हल व्यवस्थापनको कार्य सम्पन्न गरेको हो । प्रतिनिधिसभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अधिकांश भौतिक पूर्वाधारको काम सकिएको र केही प्राविधिक पक्ष अझै बाँकी रहेको छ । सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूरा हुने उहाँको भनाइ छ । दुई वटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ ।
उहाँले अन्य सुरक्षा व्यवस्थापनका कामहरु भने भइसकेको जानकारी दिनुभयो । संसद सचिवालय प्रवक्ता एकराम गिरीले कार्य परामर्श व्यवस्थापन समितिको हल पनि बहुउद्देश्यीय हलकै परिसरमा रहेको हलमा तयार पारिँदैछ ।
सभामुखका लागि हल पछाडितर्फ छुट्टै कोठाहरू व्यवस्थापन गरिएको छ स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधि सभाका बैठकहरू यही बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन् ।








प्रतिक्रिया दिनुहोस्