एजेन्सी । लेटिन अमेरिकी मुलुक कोलम्बियामा साेमबार राति भएकाे सैन्य विमान दुर्घटना परी मृत्यु हुनेकाे संख्या करिब ६६ जना पुगेकाे छ।
स्थानीय सञ्चारमाध्यमहरुले कोलम्बियाली सेनाको कहुृलस सि–१३० विमान पेरु र इक्वेडरको सीमानामा दुर्घटना भएकाे जनाएका हुन् । दुर्घटनामा परी दर्जनाैं यात्रु घाइते भएका छन् । सेनाका १ सय १४ कर्मचारी र ११ जना चालक दलका सदस्यसहितको सवार विमान पुतुमायोको प्युर्टो लेगुइजामोबाट उडान भर्नेवित्तिकै दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले उल्लेख गर्नुभएको छ ।
कोलम्बियाली वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले विमानमा समस्या आएपछि विमानस्थलबाट करिब २ किलोमिटर तल खसेको बताउनुभयाे । यस वर्ष कोलम्बियामा भएको यो दोस्रो विमान दुर्घटना हो । गत जनवरीमा देशको उत्तरमा एउटा सानो यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त घटनामा विमानमा सवार सबै १५ जना यात्रुको मृत्यु भएको थियो।








प्रतिक्रिया दिनुहोस्