Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै


117
Shares

काठमाडाैं । मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेश र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । साेही पर्वको दोस्रो दिन साेमबार व्रतालुहरुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो दिँदै खरना पर्व मनाएका थिए ।

पर्वको तेस्रो दिन मंगलबार साँझ व्रतालुले आ–आफ्ना घरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका तथा अन्य विभिन्न खाद्य सामग्रीसहित जलाशय नजिक बनाएको छठ घाटमा पूजा गर्दछन् ।

उनीहरुले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैत छठ समापन हुने भएकाे हाे ।