Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने इरानको अडान कायमै

युद्धको पूर्ण क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने ग्यारेन्टी नपाएसम्म लडिरहने उद्घोष

1.8k
Shares

एजेन्सी । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान दोहोर्‍याएको छ ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजन अन्तर्वार्तामा युद्धको क्षतिपूर्ति नपाएसम्म लडाइँ जारी राख्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सोही भनाइ सार्वजनिक भएको छ । इरानले आफूमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने माग पनि अघि सारेको हाे।

सल्लाहकार रजाईले यो युद्ध एक हप्ताभित्रै समाप्त हुन सक्ने भएता पनि इजरायलका कारण लम्बिएको बताउनुभयाे। अमेरिका युद्धविरामका लागि तयार भएपनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको उहाँको दावी छ । यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूमा अमेरिकाले काम गरिरहेको बताउनुभयाे ।

फ्लोरिडामा संचारकर्मी सँग कुरा गर्दै उहाँले भेनेजुएलामा जस्तै नयाँ नेता ल्याउन सकिने वा अमेरिकासँग मिलेर संयुक्त नेतृत्वमा जन सकिने सम्भावना व्यक्त गर्नुभएकाे छ ।