काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएकाे छ।
बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयमा छलफल हुने बताउनुभयाे । कांग्रेसले आगामी असोजमा नियमित महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । बैठकमा नियमित महाधिवेशनकाे प्रस्ताव पेश हुने एक पदाधिकारीले जानकारी दिएका छन्।
सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको कांग्रेस उहाँकै नेतृत्वमा महाधिवेशनमा जान लागेको हो । बैठकको अध्यक्षता थापाले नै गर्ने बुझिएको छ । कांग्रेसले गत पुसमा मात्रै विशेष महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हाे । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय पश्चात थापाले पदबाट राजीनामा दिनुभएकाे थियाे ।
तर साेही राजीनामा केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गरिसकेको छ ।








प्रतिक्रिया दिनुहोस्