सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ ।
विकासका लागि छुट्याइएको रकमको ठूलो हिस्सा खर्च हुन नसक्दा समग्र प्रगति प्रभावित बनिरहेको छ । आर्थिक वर्ष सकिन एक चौमासिक मात्रै बाँकि रहँदा सरकारले २० प्रतिशत हाराहारी मात्रै खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रकको कार्यालय कर्णालीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ८ महिान सकिंदा विनियोजित बजेटको २० प्रतिशत हाराहारीमा मात्रै खर्च भएको छ । प्रदेशले यो आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
अहिलेसम्म ६ अर्ब ४८ करोड १६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो अवस्था विगतका वर्षहरूको तुलनामा पनि कमजोर हो । आर्थिक वर्ष २०८१/०८२ को यही अवधिसम्म करिब २२ प्रतिशत बजेट खर्च भएको थियो ।








प्रतिक्रिया दिनुहोस्